बाबु कुट्ने चोरमाथि यस्तो आक्रोस…{अकडा कुरा}

प्रकाशित मिति: ९ फाल्गुन २०७५, बिहीबार ०२:४९

मिठाई पसलको वेटरसँग खान आएका ग्राहकको कुराकानी…

ग्राहक : ‘ए भाई, यहाँ यति धेरै मिठाई छन्, मलाई त यो खाउँ कि त्यो खाउँ भई सक्यो । तिमीलाई यस्तो लाग्दैन ?’

वेटर : ‘लाग्छ नि, खायो भने तलबमा काटिन्छ । मौका पारेर चाटेर अघाउँछु !’
☺️

सानो छोरा : ‘बाबा मलाई एक ग्लास पानी ल्याइदिनु न ।’

बाबु : ‘अहँ ल्याउँदिन, आफैं आएर पेउ ।’ 

सानो छोरा : ‘प्लिज बाबा, ल्याइदिनु न ।’

 

बाबु : ‘आफैं पेउ, अब फेरि माग्यौ भने म त्यहिँ आएर थप्पड लाउँछु ।’

सानो छोरा : ‘हस्, थप्पड लाउन आउँदा एक ग्लास पानी ल्याउनु है !’
☺️
किशोर : (पुलिस चौकी पुगेर) ‘सर सर, हाम्रो घरमा चोर पसेर एक घण्टा देखि बुबालाई कुटिरहेको छ ।’

प्रहरी : ‘एक घण्टादेखि कुटिरहँदा घरका मानिस के तमासा हेरेका छन् त ?’

किशोर : ‘हैन हैन, अघि सम्म त बुबाले कुटिरहनु भएको थियो सर !’

 

Picture Credit : Social Network

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com