कालो चिम (वल्व)को आविस्कार र महत्व {अकडा कुरा }

प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार ०२:५४

 

 

भुन्टे : (बिजुली पसलेसँग) ‘साहुजी, मलाई कालो बल्व (चिम) दिनु त ।’

पसले : ‘कालो चिम त पाउँन मुस्किल छ तर, किन कालै चिम चाहियो ?’

भुन्टे : ‘मध्य दिनमा सुत्नेहरुकालागि अँधेरो बनाउँन !’

😊
जङ्गेले रक्सी नखाने कसम खाएछ । घरमा रहेका खाली बोतल फाल्न थाल्छ…

पहिलो बोततल फाल्दै भन्छ– ‘तैंले मेरो स्वास्थ्य बर्बाद गरिस् ।’

दोश्रो बोतल फाल्दै भन्छ – ‘तैंले मेरो घर बेचाइस् ।’

तेश्रो बोतल फाल्दै भन्छ – ‘तैंले मेरी बुढी पोइल हिंडाइस् ।’

चौथो ब्ल्याक लेभल भरि देखेपछि भन्छ – ‘तँ साइड लाग काले,  तेरो काम अझै बाँकी छ !’

☺

मोटी दिदी : ‘डाक्टर सा’ब, तपाईँ भन्नुहुन्थ्यो- गेम खेले दुब्लाईन्छ ! तर, म झन् मोटाएँ त !’

डाक्टर : ‘कुन कुन गेम खेल्ने गर्नु भएको छ ?’

मोटी दिदी: ‘फुर्सद भएको सबै समयमा भिडियो गेम,क्यान्डी क्रस  खेल्छु !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com