भाँडा माझ्न सघाउने अद्भुत कुकुर मरेपछी…

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार ०३:१६

 

घरमा पालेको कुकुर मरेकोले निरास भएर बसेको नोकरसँग होटल मालिकले सोध्छ…

मालिक : ‘नमर्नु पर्दथ्यो, मर्यो । अब किन चिन्ता लिन्छस् !’

नोकर : निरास नभएर के गरौं मालिक, भोलीदेखी भाँडा सफा गर्न मलाई कस्ले सघाउँछ !

😊

छोरो : (आफ्नो बाबुसँग ) ‘बुबा मेरो रिजल्ट आयो । पास भएँ भने तपाईंलाई कस्तो लाग्छ ?’

बाबु : ‘म त खुशीले पागल नै हुन्छु नि ‘
!
छोरो : ‘त्यहि डरले मैले फेल गरेको छु बुबा !’

😊

गुरु : ‘तिमी धेरै बुद्दु रहेछौ शिश्य, म तिम्रो उमेरमा त पुरै नेपाली पढ्थेँ !’

शिष्य : सायद तपाईं भाग्ममानी हुनुहुन्थ्यो ! राम्रो गुरु पाउनु भएछ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com