आलुजस्तो जेरी…
प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहीबार ०८:२४
रोहन विवाहको पार्टीमा गएर निरन्तर खाईरहेको थियो । उसलाई हेरिरहेको पार्टी प्यालेसको पाले दाई आएर सोध्छन् …
पाले : ‘तपाईँ त निकै बेर देखि खुब खाइरहनु भएको छ, सक्नेबेला भएन ?’
रोहन : ‘नखाएर के गरौं, निमन्त्रणा कार्डमै खाने समय साँझ ७ बजे देखि १० बजेसम्म लेखेको रहेछ !’
संकेत : ( बिनाकाम बसेको विकेससँग ) ‘किन केही नगरी हात बाँधेर बसेको यार ?’
विकेश : ‘म जाडोमा कहिल्यै काम गर्दिँन ।’
संकेत : ‘अनि गर्मीमा चाँहि के काम गर्छस् त ?’
विकेश : ‘जाडो कहिले आउँछ भनेर पर्खने !’
झिल्लु एउटा थालीमा जेरी लिएर बेचिरहेको थियो – ‘लिनुस्, लिनुस्, आलु लिनुस् ।’
डल्ले : ‘तँ जेरी बोकेर आलु भन्दैछस् ! किन झिल्लु ?’
झिल्लु : ‘अलि बिस्तारो बाेल्, ऐले झिंगाले पच्छ्याउँछ !’
ReplyForward
|