साबधान ! यस्तापनी डाक्टर हुन्छन् …

प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार ०६:४९

नर्सरीमा पढ्ने विवेकलाई शिक्षक सोध्छन्…

शिक्षक : ‘मानाैं, तिमीले बाटोमा हिंड्दा एक महिलाको खुट्टा कुल्चियौ- भने के भन्छौ ।’

विवेक : ‘सरी भन्छु सर ।’

शिक्षक : ‘उनी खुशी भएर एउटा चकलेट दिइन् भने ?’

विवेक : ‘म अर्को खुट्टामा पनि कुल्चिदिन्छु ताकि अर्को चकलेट पाइयोस् !’,
😊

संकेत नयाँ पेन्ट लगाए जंगल घुम्न गएको थीयो ।

संकेत : ‘डाक्टर सा’ब मेरो खुट्टा सार्है दुखेको छ । थप हरि…यो पनि भएको छ ।’

डाक्टर : यस्तो कसरी भयो, भन्नुस् त ?’

संकेत : ‘जंगल घुम्न जाँदा लहरामा अल्झिएर लड्दा बोट विरुवाको ठुलो झाडीमा परेको थिएँ ।’

डाक्टर : ( गहिरिएर हेर्दै ) ‘यो कुनै विष फैलिएको रहेछ । दुबै खुट्टा काटेर नक्कली खुट्टा लगाउनु पर्छ ।’

संकेत : ( तिन महिनापछि ) ‘डाक्टर सा’ब, फेरि यो नक्कली खुट्टा पनि हरियो भयो त ?’

डाक्टर : ( खुट्टा देखिएको हरियो रंग हेर्दै ) ‘ए, सरी ! पेन्टको रंग पो लागेको रहेछ !’

😊

झिम्की : ( आफ्ना पतिसँग ) ‘हेर्नु न, यो पत्रिकाले लेखेअनुसार एउटा मान्छेले आफ्नै श्रीमति बेचेछ नि !’

श्रीमान : ओहो !, कतिमा बेचेछ ?’

झिम्की : ‘एउटा साईकलमा साटेछ नि !, तपाईँ त यस्तो गर्नु हुन्न नि ?’

श्रीमान : ‘म त्यस्तो बेबकुफ छु र ?, कारमा साट्छु नि के को साइकलमा !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com