लिपग्लसको साटो सुपरग्लु लगाएपछि…
प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार ०२:३२
एकदिन दिवशको घरमा एउटा इण्डियन चोर पसेर धम्क्याउन थाल्यो…
चोर : (पेस्तोल देखाउँदै) ‘ सोना कहाँ देखा !’
दिवस : ‘यति नै सोध्न पेस्तोल देखाउनु पर्छ र, पुरै घर खाली छ, जहाँ सुते पनि हुन्छ !’
देउमान : ‘छिट्टै एक ग्लास जुस बनाउ, यहाँ लडाईँ हुनेवाला छ ।’
देउमान : थप अर्को एक ग्लास जुस बनाउ, यहाँ लडाईँ हुनेवाला छ ।’
जुस पसले : ‘यो लडाईँ कतिखेर, को सँग हुने हो ?’
देउमान : ‘खाईसकेपछि जब तिमी पैसामाग्छौ तब तिमीसँग !’
बाबु : ‘छोरा, तिम्री आमा आज चुपचाप छिन, किन हो ?’
छोरो : ‘बुबा, मम्मीले लिपग्लस माग्नु भएको थियो, मैले सुपरग्लु थमाइदिएँ !’