अपहरण गरिएका ज्वाईंको उद्धार…

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहीबार ०३:०२

रिजल्ट आउनु केहिदिन अघि सन्तप्रसादले आफ्नो छोरा हरीलाई भनेका थिए – ‘छोरा, तिम्रो रिजल्ट बिग्रियो भने मलाई बुबा भन्नु पर्दैन ।’

शन्तप्रसाद : (हरीले रिजल्ट ल्याएपछि) ‘छोरा, तिम्रो रिजल्ट कस्तो भयो ?’

हरी : ‘आजदेखि तपाईँ बुबा भन्न लायक रहनु भएन सन्तप्रसादजी !’

😊

१५ दिनदेखि ससुरालमा बसिरहेको ज्वाईंसँग सासुको प्रश्न…

सासु : ‘ज्वाइँ सा’ब, तपाईँ कहिले घर फर्कनु हुन्छ ?’

ज्वाइँ : ‘किन होला सासुज्यू ?’

सासु : ‘आएको पनि लामो समय भयो भनेर नि !’

ज्वाइँ : ‘हजुरकी छोरी मेरोमा ६, ६ महिना बस्छिन र त मैले केही भन्दिनँ !’

सासु : ‘उनी त विवाह गरेर गएकी हुन् नि ।’

ज्वाइँ : ‘के म चाँही किड्नेप गरेर ल्याइएको हुँ त ?’

😊

पिन्टु: परिक्षाहलमा पसेर केही नलेखी बसिरहेकोले टिचरले सोध्छन्…

टिचर : पुन्टे,  किन केही नलेखेको,  आएन ?

 

पुन्टे : ‘हो सर, आएन ।’

टिचर : ‘केही त आउँछ होला, लेख ।’

पुन्टे : ‘आउँन त आयो सर, तर पिसाब !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com