ओहो, यति सानो गल्तिको सजाय यत्रो !

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार ०२:०९

शिक्षिका : ‘एकातिर बुद्धि अर्कातिर पैसा ! तिमी के रोज्छौ भन त ?’

विद्यार्थी : ‘पैसा !’

शिक्षिका : ‘गलत, म त बुद्धि रोज्दछु ।’

विद्यार्थी :  ‘ठिक भन्नु भयो मिस, जोसँग जे छैन त्यही रोज्ने हो !’

😊

आमा : ‘छोरा, तिमी आज किन चाँडै घर आयौ ?’

छोरा : ‘मैले एउटा मच्छड मारें, त्यसैले मिसले सजाय दिनु भएको !’

आमा : ‘जाबो मच्छड मारेकोमा यति ठुलो सजाय ?’

छोरो : ‘मच्छड मिसको गालामा थियो क्या !’

😊

गुरु : ‘बसन्तले मलाई मुक्का हान्यो’ लाई अंग्रेजीमा उल्था गर्न को सक्छ ?’

सेवक : ‘म सक्छु सर ।’

गुरु : ‘ल भन त, सुनौं !’

सेवक : ‘बसन्त-पञ्च-मी’ सर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com