मन हास्ने चुट्किलाहरु…
प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार ०७:२१
आज भोलिका छोरा छोरीसँगको तर्क…
बाबु : ‘सुन छोरा, तेरो ऐलेको उमेरमा त मैले लोकसेव पास गरेर जागिर खाँदैथे ।’
छोरो : यो सबै समयको कुरा हो ड्याड्, तपाईको उमेरमा त बिपी कोइराला प्रधानमन्त्री भइसकेका थिए !’
नयाँ दुलाहा,दुलही रेस्टुरेन्ट गएर कफी पिउन लागेछन्..
दुलाहा : ‘छिटो तातै पेउ, नत्र कुरा बिग्रिन्छ ।’
दुलही : ‘किन र ?’
दुलाहा : ‘सारै सोझी परिछ्यौ,, मिनुमा हेरिनौ ?, hot coffee rs. 40, cold coffee rs. 70 छ क्या !’
तिनजना लद्दुहरु जाँच दिएर बाहिर निस्किएछन्..
पहिलो : ‘आजका प्रश्नहरु कठिन लाग्यो, पुरै कपी खाली छोडेर आएँ ।’
दोश्रो : ‘मैले पनि पुरै छोडेरै आएँ यार !’
तेश्रो : ‘लौ बर्बाद भयो, मलाई पो चिट चोरेछ भन्ने हो कि !’
ReplyForward
|