किन सिक्दैछन् यी बुवा अफ्रिकन भाषा !

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार ०२:०९

बाबु : ‘तिम्रो परिक्षा परिणाम कस्तो रह्यो छोरा ?’

छोरो : ‘एउटा खुशीको कुरा आयो र अर्को दु:खको ! कुन पहिला भनौं ?’

बाबु : ‘खुशीको कुरा पहिला भन ।’

छोरो : ‘म पास भएँ नि !’

बाबु : ‘स्याब्बास् ! अनि दु:खको कुरा ?’

छोरो : ‘खुशीको कुरो नै झुटो हो बुबा !’

😊

चंखे र प्याकुली विश्वभाषा क्याम्पस गएछन्..

शिक्षक : ‘भन्नुस, के होला तपाईँको ?’

चंखे : ‘हामी दुबैजना अफ्रिकन भाषा सिक्न चाहान्छाैं ।’

शिक्षक : ‘अफ्रिका जाने तयारीमा हुनुहुन्छ ?’

चंखे : ‘हैन सर, हामीले अफ्रिकन बच्चा ल्याएका छौं, उनिहरु बोल्न थालेपछि कुरा गर्न !’

😊

डाक्टर : (दुर्गेशसँग) ‘तपाईँ किन सधैं क्लिनिक अगाडीबाट महिलालाई घुमि घुमी हेर्नु हुन्छ ?’

दुर्गेश : ‘तपाईँले नै नोटिस बोर्डमा लेख्नु भएको छ, महिलालाई हेर्ने समय विहान ९ बजे देखि ११ सम्म !’

                                फोटो साभार: सामाजिक सन्जाल
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com