रीताले रि-चार्ज फिर्ता गर्न नसक्दा…

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार ०४:१८

प्रेमी रोहन – प्रेमिका रीताबीच मनमुटाव भएपछि…

प्रेमिका रीता : ‘अब उप्रान्त हामी सँगै रहन सक्दैनौ । आजै आपसी उपहार फिर्ता गरौं ।’

प्रेमी रोहन : ‘हुन्छ, तर सुरुवात रिचार्जबाट गरौं !’

प्रेमिका रीता : ‘मेरो काले !, मैले जिस्कन पनि नपाउनु !’

रोहन मन्दीर बाहिर उभिएर जुत्ता खोल्दै थियो…

बृद्ध भिखारी : ( हात तेर्स्याउदै) ‘बाबु, तिम्रो जोडी राम्रो रहोस् ।’

रोहन : ‘बाजे, म त एक्लो छु, के जोडी राम्रो रहनु र ?’

बृद्ध भिखारी : ‘मैले जुत्ताको जोडीको कुरा गरेको बेटा !’

पुलिस : (चोरसँग) ‘तिमी चोरी किन गर्छौ ?’

चोर : ‘तपाईँका लागि, तपाईँका सन्तानका लागि, तपाईँको परिवारकालागि !’

पुलिस : ‘तिमी के कुरा गर्दैछौ हँ ?’

चोर : ‘हो सर, मैले नचोरे समाज र सरकारलाई तपाईँको खाँचै पर्दैन !’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com