धेरै उमेरसम्म बाँच्ने उपाय !

प्रकाशित मिति: २४ चैत्र २०७५, आईतवार ०२:१५

गुइँठे : ‘डाक्टर सा’ब, मलाई लामो समय बाँच्न सक्ने केही ओखती दिनुस् न !’

डाक्टर : ‘तपाईँले विवाह गर्नु भएको छ ?’

गुइँठे : ‘गरेको छैन तर विवाह र लामो उमेरको के सम्वन्ध छ र ?’

डाक्टर : ‘विवाह पछि तपाईँको बाँच्ने रहरमा कमी आउने छ !’

😊

रोहन छिमेकीको घरमा गएर ढोका ढकढक्याउँछ र घरवेटी अण्टीलाई बोलाउँछ…

अण्टी : ‘के को लागि आयौ बाबू?’

रोहन : ‘आमाले भन्नु भएको, एक कटौरो चिनी दिनुस् रे अण्टी !’

अण्टी : ‘अरु के के भनेको छ त ?’

रोहन : ‘त्यो मोटीले दिईन भने तल्लोघरकी कालीसँग मागेर ल्याउनु भनेको छ !’

😊

लामो समयदेखि एक्लै बस्दै आएकी पत्नले पतिलाई चिठ्ठी लेखिन्- ‘म तपाईँको यादमा हराउँदा आधा भैसकें, कृपया मलाई लिन आउनुस् ।’

पतिले जवाफ फर्काउदै लेखे – ‘पुरै हुँदा त राखिनँ, आधा लगेर म के गरौं प्रिय ?’

(तस्वीर साभार:सामाजिक सन्जाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com