मान्छे भन्दा बाठो बाँदर !

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार ०२:१८

प्रेमी : (प्रेमिकासँग) ‘तिमी हाम्रो विवाहपछि नयाँ घर त माग्दिनौ नि ?’

प्रेमिका : ‘किन र ?’

प्रेमी : ‘म सँग घर बनाउने पैसा नभएर !’

प्रेमिका : ‘अहँ माग्दिनँ,   तिम्री आमालाई घरबाट निकाले पुग्छ !’

😊

छोरो : ‘बाबा, म विवाह गर्न चाहन्छु ।’

बाबु : ‘कोसँग छोरा ?’

छोरो : ‘हजुरआमासँग बाबा !’

बाबु : मुर्ख ! उनि त मेरी आमा हुन् !

छोरो : ‘अनि तपाईँले चाँही  मेरी आमासँग किन विवाह गर्नू भयो त !’

😊

रोहन रुखमा चढेपछि बाँदरले सोध्छ…

बाँदर : ‘रुखमा किन चढेको ?’

रोहन : ‘स्याउ खान ।’

बाँदर : ‘यो त आँपको रुख हो !’

रोहन : ‘स्याउ मैले आफैं ल्याएको छ !’

😊

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com