ज्वाईं रोए धर्धरी सासुसँग….

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार ०५:३०

ज्वाईँ : ‘सासु आमा, हजुरकी छोरी सयौं अवगुण रहेछन् ।’

सासु : ठिक हो, त्यसैले त उनले असल  पति पाउन सकिनन् !’

😊

एकजोडी युवायुवती  डाक्टरको क्लिनिमा पुगेपछि…

डाक्टर : ( महिलासँग) ‘ल भन्नु के समस्या छ ?’

महिला : ‘मलाई हैन डा’सा, वहाँ राती चर्को स्वरमा मेरो नाम पुकार्नु हुन्छ ।’

डाक्टर : ‘तपाईं त भाग्यमानी हुनुहुँदो रहेछ !’

महिला : ‘म अभागी छु डा’सा, भोली वहाँकी पत्नी माइतबाट आउँदैछिन् !’

😊

धनप्रसाद : ‘हर्के, तेरो विहे को सँग भयो ?’

हर्के : ‘एउटी केटीसँग !’

धनप्रसाद : ‘नाम पो सोधेको त , कतै केटासँग हुन्छ त विहे ?’

हर्के : ‘हुन्छ, मेरी दिदिको केटासँग भएको छ त !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com