मन्दिरको पुजारी प्रायः पुरुष हुन्छन् , किन ?

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहीबार ०३:०४

सुधन छोरा विरुलाई घुमाई-घुमाई कुट्दै थियो ।

छिमेकी : ‘यसरी आफ्नो छोरो किन कुट्छौ हँ ?’

सुधन : ‘भोली यसको रिजल्ट आउँदैछ, त्यसैले !’

सुधन : ‘भोलि म गाउँ जाँदैछु ।’

छिमेकी : ‘बुझें, एडभान्स् बिटिङ दिएको !’

😊

किरण : (रोशनसँग) ‘मन्दिरको पुजारी किन केटा नै राखिन्छ ?’

रोशन : ‘त्यति पनि थाहा छैन ! भक्तहरुको ध्यान भगवान मै जाओस भनेर नि !’

😊

नरेशले आफुले मत खसालिसके पछि मतदान प्रतिनिधिसँग सोध्छन…

नरेश : ‘मेरी श्रीमती मिराको नाममा पोलिङ भयो कि छैन हेर्नुस् त !’

प्रतिनिधि : (लिस्ट हेर्दै) ‘अघि नै दिएर जानु भएछ ।’

नरेश : ( गला अबरुद्ध पार्दै) ‘थोरै छिटो आएको भए भेट्ने रहेछु !’l

प्रतिनिधि : ‘किन र सर ?’

नरेश : ‘उनलाई जलाएर आएदेखि सपनामा पनि देख्न पाएको थिइँन !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com