सत्य बोल्नेहरु एउटा बस्ती जहाँ कोही ढाँट्दैनन् !

प्रकाशित मिति: १३ बैशाख २०७६, शुक्रबार ०५:५६

सत्य बोल्नेहरु एउटा बस्ती जहाँ कोही ढाँट्दैनन् !

गोकुल : ‘हात न टाटो नकझ्याट् झ्याट्, भुँडीमा छैन खुट्टा फ्याट् फ्याट् भनेको के हो बुबा ?’

बाबु : ‘पल्सर चढ्ने, आइफोन बोक्ने गर्लफ्रेण्ड घुमाउने, भोको पेट र झुस्से दारी यसै रमाउने भनेको !’
😊

छोरो :’पोहोरको जाडो ऐलेको घाम, मरेको छोरो पल्लाघरकी जहान- यी दुईको केही काम छैन’ भनेको के हो ?’

बाबु : ‘असल थियो भनेर मरेको छोरो र राम्री छे भन्दै अर्काकी सुवासिनीका पछि नलाग्नु भनेको हो !’

😊

राम : “के गर्ने यार, कसैको पनि विश्वास गर्ने दिन गए । सत्य बोल्ने मानिस कतै भेटिन्न ।’

श्याम : ‘किन नभेटिनु, जत्ति भेटिन्छ ।’

राम : ‘ल देखाउ त मलाई, कहाँ भेटिन्छन् ?’

श्याम :  ‘रक्सी भट्टीमा !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com