साबधान ! सर्जनले बिसर्जन गर्न सक्छ
प्रकाशित मिति: १५ बैशाख २०७६, आईतवार ०४:०३
रीता : (पसलेसँग) ‘मलाई एउटा काईयो दिनु त । काईयोको एउटा दाँत भाँचियो ।’
पसले : ‘एउटा दाँत भाचिंदा नयाँ किन किन्नु पर्यो ? काम चलिहाल्छ नि !’
रीता : ‘आज भाचिएकै दाँत अन्तिम थियो क्या !’
दु:खिलाल काठमाण्डौमा जागिर नपाएर रित्तो हात घर फर्किन गाडी चढेपछि।।।
बस कण्डक्टर : ‘भाई भाडा देउ त !’
दुखालाल : ‘गरिब छु, बासी रोटी र अचारमात्र खान्छु !’
बस कण्डक्टर : ‘भाडा निकाल भनेको सुनेनौ !’
दुखिलाल : ‘दु:खी मान्छे हजुर, साग, दाल र रोटीमात्र खान्छु !’
कण्डक्टर : ( रिसाउँदै) ‘के म चाँहि गोबर खान्छु र ?’
दुखिलाल : ‘तपाईं त ठुलो मान्छे खानु हुन्छ होला नि !’
विरामी : ‘अप्रेशन ठिक सँगले गर्नुस् है डाक्टर सा’ब !’
डाक्टर : ‘यस्तो किन भन्नु भएको ?’
विरामी : ‘किनकी, सर्जन र बिसर्जनमा थोरैमात्र फरक छ । यदि अप्रेशन ठिक भयो तपाईँ सर्जन, तपाईंको हात तलमाथि भयो कि मेरो जिवन बिसर्जन !’