बिजुली जानासाथ बन्द हुने अनौठो टेलिभिजन !

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलवार ०३:३१

जुनु : ‘साहुजी, यस टेलिभिजनको मुल्य कति हो ?’

पसले : ‘पचास हजार पर्छ ।’

जुनु : ‘यति महंगो किन ? यसमा त्यस्तो खास के छ ?’

पसले : ‘बिजुली जानेबित्तिकै ‘अटमेटिक’ बन्द हुन्छ !’
😊
कामदार : ‘हजुर, मलाई बाइकले ठक्कर दियो । हात खुट्टै चलेनन् । आँखा पनि बन्द भए । म के गरौं मालिक ?’

मालिक : ‘हेर न, आजदेखि अडिट सुरु गर्नुछ । सकेसम्म आउ  !’
😊
नेता पत्नी : ( पतिसँग) ‘हजुर चुनावमा हार्नुको कारण के हो ?’

पति : ‘म षडयनत्रको सिकार भएँ यार !’

पत्नी : ‘के कुराको सिकार हुनु भयो र ?’

पति : ‘सही मतगणनाको प्रिय !’
😊
सासु : ‘पख ! छोरो मात्र आउन दे, म बसेर तेरा कर्तुत राम्ररी सम्झाउछु ।’

बुहारी : ‘केहि फरक पर्दैन । तपाईँ बसेर सम्झाउनुस् । म सुतेर मनाउँला !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com