काल यसरी पनि आउन सक्छ !
प्रकाशित मिति: ६ असार २०७६, शुक्रबार ०४:१३
शिक्षक : ‘ल भन त, डेट र तारिखमा के फरक छ ?’
विद्यार्थी : डेट प्रेमिकासँग गईन्छ, तारिख वकिलसँग सर !
शिक्षक : ‘विनोद, काल कति प्रकारका हुन्छनन् ,तिमीलाई थाहा छ ?’
विनोद : ‘मज्जाले थाहा छ, तिन प्रकारका सर !’
शिक्षक : ‘प्रत्येकको उदाहरण सहित भन त ।’
विनोद : ‘खेतमा धान – सहकाल, असिनाले हान् – अनिकाल र अन्न छैन- अकाल सर !’
चंखे : (बिर्खेसँग) ‘तँलाई थाहा छ , चुनावको मिति घोषणा भयो नि !’
बिर्खे : ‘यसमा यति खुशी हुनुपर्ने कारण के छ ?’
चंखे : ‘अब गाउँमा कुन कुन केटीहरु बयस्क भए, थाहा हुन्छ क्या !