रिक्सावालाको यस्तो प्रेम !
प्रकाशित मिति: 8 August, 2019 3:42 am
कराई र कुकरको वार्तालाप …
कुकर : (कराईसँग) ‘कराई, तेरो कालो अनुहार हेर्दा हेर्दा हैरान भएँ, अब मेरो छेउमा नबस् !’
काली कराइ : ‘छेउमा नबसेर के गरौं, सिटी मारेर बोलाउन छोड्दैनौ !’
सन्तवीर मदिरा पिएर सडकमा लडिरहेको भेटिएपछि……
प्रहरी : ‘यति धेरै किन पिएको हँ ?’
सन्तवीर : ‘म पिउँन मजबुर थिएँ सर !’
प्रहरी : ‘के कुराले मज्बुर बनायो ?’
सन्तवीर : ‘बोतलको बिर्को हरायो, खोयो थिएन सर !’
फोनबाटै लभ परेपछि…..
प्रेमी : ‘ ऐले फोन राख्छु ल, म ड्राइभिङ गर्दैछु ।’
प्रेमिका : ‘ ड्राइभिङ गर्दै कुरा गर्न मिल्दैन र ?’
प्रेमी : ‘लाटी, एक हातले रिक्साको हेण्डिल मोडिन्छ र !’