तपाईँको मन हँसाउने तिन चुट्किला

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार १०:२८

बाबु : ( छोरासँग ) ‘कुशल, इटुमबहाल कहाँ पर्छ, थहा छ ?’

कुशल : ‘मलाई त थाहा छैन ।’

बाबु : ‘कोठा भित्र बसेर  के थाहा हुन्छ, घर बाहिर पनि निस्कनु पर्छ !’

कुशल : ‘रामलाल को हो , चिन्नुहुन्छ ?’

बाबु : ‘अहँ चिन्दिनँ !’

कुशल : जहिल्यै बाहिर दौडेर के चिन्नु,  उ हिजो घरमै आएको थियो !’
👍👍

पति : ‘डल्ली यदि म मरें भने तिमी अर्को विवाह गर्छ्यौ ?’

पत्नी : ‘अहँ गर्दिन, मेरी बैनीसँग गएर बस्छु ।’

पति : ‘म पनि कहाँ मर्छु र ! तिम्रै बैनीसँग बस्छु !’
👍👍

शिक्षिका : ‘रोहन, एकातिर बुद्धि अर्कातिर पैसा छ, ति के रोज्छौ  ?’

वीद्यार्थी : ‘म त पैसा रोज्छु मिस् !’

शिक्षिका : ‘गलत, म त बुद्धि नै रोज्दछु ।’

रोहन : ‘जो सँग जे चिजको कमी छ, त्यहि रोज्ने हो नि मिस् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com