छोरी नदिँदा बाबुलाई नै छप्काएछन् !

प्रकाशित मिति: २५ कार्तिक २०७६, सोमबार ०८:५१

रोहनले आफुलाई मन परेकी केटी पाउँन केटीका बाबुलाई प्रभाव पार्ने उदेश्य राखेर चुइगम चपाउदै गएपछि……

केटीको बाबु : ‘तिमी चुइगम पनि खान्छौ ?’

रोहन : ”कहिले काँहीमात्र, रक्सी पिएको बेला !

बाबु : ‘तिमी रक्सी पनि खान्छौ ?’

रोहन : ‘सधैं होइन, तास खेलेको बेला मात्र !’

बाबु : ‘अनि तास खेल्न कहिले सिक्यौ ?’

रोहन : ‘जेल परेको बेला !’

बाबु : ‘अनि जेल कसरी पर्यौ ?’

रोहन : छोरी माग्दा नदिएपछि केटीका बाबुलाई नै छप्काए पछि !

बाबु : ( आत्तिदै ) ‘लैजाउ लैजाउ छोरी पक्का भयो !’
———————————————————————

एकजना कथाकार र समाचार सम्वादाताबीच वार्तालाप हुँदै गर्दा

सम्वादाता : ‘तपाईंको दैनिकी कसरी बिती रहेको छ ?’

कथाकार : ‘बिहानै उठ्छु, सौच गर्छु, एकछिन योग साधनामा जान्छु, फर्किएर आउंछु, छोराछोरीसँग कुराकानी गर्छु, खाना खान्छु, गाउँघर घुम्छु, साँझ परेपछि घर आउंछु अनि खाना खाएर सुत्छु ।’

सम्वादाता : ‘अनि यति लामो कथा कतिखेर लेख्नु हुन्छ ?’

कथाकार : म अघिल्लो दिन नै लेख्छु !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com