तपाईँको मन हँसाउने चुट्किलाहरु

प्रकाशित मिति: १५ मंसिर २०७६, आईतवार ०९:०२

प्राइमरी कक्षामा गणितको पढाई भइरहेको बेला…

शिक्षक : ‘रोहन, मैले तिमीलाई २० वटा लड्डु दिएको थिएँ । ५ वटा मैले फिर्ता लगें भने तिमीसँग कति बाँकी रह्यो ?

रोहन : ‘मलाई लड्डु नै दिनु भएको छैन सर !’

शिक्षक : ‘मान न मैले दिएको छु भनेर ।’

रोहन : ‘म सँग १० वटा लड्डु बाँकी रहे सर !’

शिक्षक : ‘कसरी मिल्यो र ?’

रोहन : ‘ऐलेलाई मान्नुस् न सर !’

👌👌

मदन, बदन र सुदन एउटै मोटरसाईकलमा यात्रा गरिरहेको देखेर ट्राफिकले रोकेपछि

ट्राफिक : ‘तपाईँहरुलाई एउटै मोटरबाइकमा तिन जना चढ्नु हुन्न भन्ने थाहा छैन ?’

मदन : ‘थाहा छ ! त्यसैले एकजनालाई फिर्ता लैजाँदै गरेको सर !’

👌👌

जज : ‘तपाइँलाई कसरी दुर्ब्यबहार गरियो ?’

युवक : ‘यसलाई प्रयोग गरेरै देखाउँनु पर्छ सर ।’

जज : ‘अब के गर्नु पर्छ त ?’

युवक : ‘बन्द कोठामा गएर मैले दुर्व्यवहार गर्नु पर्छ, हजुरले सहँनु पर्छ सर !’

👌👌

भिखारी : म सारै भोकाएको छु, खाजा खान १ रुपैयाँ दिनुस् न !’

बटुवा : ‘म १० रुपैयाँ दिन्छु तर मलाई एक रुपैयाँमा खाने ठाउँ देखाउनु पर्छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com