दश रुपयाँ किलो प्याजको हल्लाले कोहि सुतेनन् !

प्रकाशित मिति: २३ मंसिर २०७६, सोमबार ०९:२०

खेमराज : ‘डाक्टर सा’ब, नमस्कार ।’

डाक्टर : ‘नमस्कार, भन्नुस के सेवा गरौं ?’

खेमराज : ‘दुई बर्ष अगाडी मलाई ज्वरो आएको थियो ।’

डाक्टर : ‘अनि अहिले ?’

खेमराज : ‘त्यसबेला ननुहाउँनु भन्नु भएको थियो । अब  ननुहाउँन मिल्छ की भनेर सोध्न आएको डा’साब !

==============================

ग्राहक : ( वेटरसँग ) ? ‘खाना त ताजा र सफा छ नि ?’

वेटर : ‘एकदम ताजा अनि सफा पनि ।’

ग्राहक :  ‘ताजा छ भन्ने कसरी विश्वाश गर्ने ?’

वेटर : ‘ विश्वास गर्नस् न,भुइमा खसेको फाल्दैनौं, राम्रा सामान हाल्दैनौं !

======================================

टोलको सरसफाईमा सबै गाउँलेलाई बिहानका राती नै कसरी उठाउने भन्ने छलफल हुँदै गर्दा………

धन प्रसाद : ‘फुर्यो आइडीया ! ताजा आइडीया !’

अध्यक्ष : ‘ल भन्नुस त कसरी सजिलै उठाउँनु हुन्छ ?’

धन प्रसाद : ‘चार बजे नै उठेर टोलभरि घुम्दै भन्नेछु – ‘लौ आयो, १० रुपैया कि लो प्याज, १० रुपैयाँ किलो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com