आयकर लाग्ने डरले भिखारी बोलेनन् !

प्रकाशित मिति: ११ पुष २०७६, शुक्रबार ०७:४७

 

डाक्टर : ( सुत्केरीसंग ) तपाईं बच्चा जन्मिँदा बच्चाको बुबालाई नजिकै देख्न चाहनुहुन्छ ?

सुत्केरी : चाहन्न डाक्टर सा’ब, मेरा पतिले वहाँलाई मन पराउनुहुन्न !

============================================================

श्रीमान : ‘हिजो तिमी माइत गएपछि झ्यालबाट चोर पसेर मलाइ सारै कुटे नि ।’

श्रीमती : ‘अनि तपाइंले चिच्याउनु भएन ?’

श्रीमान :‘म तिमी जस्तो डरपोक हुँ र कराउछु !’

============’================================================

भिखारी : ‘दुइजना मानिसले मलाई हेरेर यसले कति कमाउछ होला भने, तर मैले केहि भनिनँ ।’

अर्को भिखारी : ‘किन केहि नभनेको त ?’

भिखारी : ‘आयकरका मान्छे हुन कि भन्ने डरले  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com