नर्सरीमा पढ्ने बालकले ‘my’ शब्दको नयाँ अर्थ निकाल्यो !

प्रकाशित मिति: १७ पुष २०७६, बिहीबार ०९:४३

दिनेश नर्सरीमा पढ़दथ्यो । उ पढाईमा अलि लद्दु थियो । गुरुले उसलाई MY शब्दको अर्थ कण्ठ गरेर आउन भने । दिनेश घर गएर साँझको खानापछि आफ्नो कोठामा पसेर पाठ घोक्न थाल्छ- MY MY माने सरको, MY माने सरको ! पल्लो कोठाबाट दिदी आएर भन्छे – MY माने सरको होइन भाई, मेरो भन्, मेरो ! दिनेशले दिदीको कुरा मानेर फेरी सुरु गर्छ – MY…………. MY माने दिदीको ! दाजुलाई झोक चल्छ,अनि भन्दै आउँछ- तैंले पढेर नखाने भइस, MY माने मेरो भनिदे न ! यसै प्रकारले बाबुले पनि अन्तिममा सम्झाउंछन् । उज्यालो हुन लागेकोले अन्तिममा MY माने बाबुको भन्ने कण्ठ गर्दागर्दै उज्यालो हुन्छ । दिनेश १० बजे स्कुल पुगेपछि………..

गुरु : ल भन त दिनेश MY माने के हुन्छ ?

दिनेश : MY माने बुबाको सर !

गुरु : ( कान समाएर ) यहि हो पढेको ? MY माने मेरो हो कि बुबाको हँ ?

दिनेश : ( हैरान भएर रुँदै ) मैले MY माने सरको नभनेको हो र ! पढ्न सुरु गरेपछि दिदीले, दाजुले, बुबाले गाली गर्दै पालै पालो MY माने मेरो भन् भनेपछि सबैको भन्दै गएँ ! अन्तिममा बुबाको पालो परेपछि निधाएछु सर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com