चारमा चार जोड्दा १० हुने गणित यस्तो रहेछ !

प्रकाशित मिति: २० पुष २०७६, आईतवार ०९:३०

शिक्षक : ‘रोहन, अंकमा पचपन्न लेख त ।’

रोहन : ” कसरी लेख्ने सर ?

शिक्षक : ‘पहिला ५ लेख अनि त्यसको छेउमा फेरी ५ लेख ।’

रोहन : ‘त्यो त बुझें सर, तर दाँया छेउमा लेखौं कि बाँया छेउमा !’
———————————————————–
क : ”ति मानिसहरु किन दौडिरहेका छन् ?

ख : ‘मेडल जित्न ।’

क : कसले पाउला त त्यो मेडल ?’

ख : ”जसले जित्छ त्यसैले पाउँछ !’

क : ‘अनि अरु सबै बेबकुफ हुन किन दौडिन्छन् त !’
—————————————————————-

शिक्षिका : ‘ल भन, ४ र ४ जोड्दा कति हुन्छ ?’

बिद्यार्थी : १० हुन्छ सर !

शिक्षक : ‘४ र ४ जोड्दा ८ हुन्छ, २ कहाँबाट आयो ?’

बिद्यार्थी : मलाई लोभ लाग्दैन सर, २ आफ्नै तर्फबाट थपिदिएँ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com