रातारात अमेरिका पुग्ने विद्यार्थी !

प्रकाशित मिति: २२ पुष २०७६, मंगलवार ०८:५४

पत्नी : ( पतिसंग रिसाउदै ) ‘हजुरले आँटा कहाँ पिसाउनु भएको थियो ?’

पति : ‘पुरानै मिलमा पिसाएको हुँ, के भयो र ?’

पत्नी : के भएन भन्नु न, ‘रोटी डामेर यसो फेसबुक लगइन गरिसक्दा डढिहाल्छ त !’

————————————————————–

बिजय : ‘अजय, त्यो गनेलाई फेरी एकपटक कुट्न मन लागेको छ ।’

अजय : ‘तिमीले उसलाई पहिला पनि कुट्यौ र ?

बिजय : ‘हैन यार, पहिला पनि मन मात्र लागेको थियो !’

——————————————————————

शिक्षक : रोहन ‘हिजो स्कुल किन नआएको हँ ?’

रोहन : म अमेरिका गएको थिएँ, फर्किन भ्याँइन सर ।

शिक्षक : ‘साँच्चै हो ?’

रोहन : ‘सपनामा सर !’

शिक्षक : ‘अनि राम, तिमी चाहिं कहाँ गएका थियौ ?’

राम : ‘म रोहन लाई पुर्याउन एयरपोर्ट गएको थिएँ सर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com