पौष २६कालागि तीन जोक्स

प्रकाशित मिति: २६ पुष २०७६, शनिबार १९:४४

एउटा बृद्ध मानिस मृत्युशैयामा थिए । उनले आफ्नी श्रीमतीलाई थैलोभरी पैसा आफ्नो घरको छतमा राखिदिन अनुरोध गर्दै भने – ‘जब मेरो मृत्यु  हुन्छ तब म त्यो थैलो बोकेर स्वर्ग जान्छु ।’

उनले त्यसै गरिन् । बुढा मरेपछि छतमा हेर्न गइन् । पैसाको थैलो अझै त्यहीँ देखेर भनिन् -‘बरु त्यो थैलो माटो खानेर गाढेको भए हुने रहेछ !’

चोकको चिया पसलमा जुद्दे पसलेसँग कुरा गर्दै थियो ।

जुद्दे – ‘मेरो जिन्दगी बेहाल छ साउजी । हरेक रात बुढीसँग तास खेल्छु अनि हरेक रात मैले हार ब्यहोर्नु पर्छ ।’
पसले – ‘त्यस्तो हो भने त खेल्न छोड्दे भैगो त,  किन जहिल्यै हारेर सुत्नु ?’
जुद्दे – ‘हैन क्या । म तासमा एकदमै माहिर छु । म जतीको तास खेल्न जान्ने कोही छैन ।’
पसले – ‘भर्खर हरेक रात हार भोग्नुपर्छ भनेको होइन ?’
जुद्दे – ‘हुन त हो नि तर मेरी बुढीलाई हारेको मन पर्दैन क्या !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com