नाकले खाना खाने मान्छे भएको देश !

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार ०८:३९

जापानका नाहो, अमेरिकाका हेरी र नेपालका जेपी मलेसियामा भएको एउटा सेमिनारमा भेट भएछन् । तिनै जना निकै गफास्ट थिए । दिनभरिको कार्यक्रमको दौरानमा सबैले एक अर्कालाई राम्ररी बुझ्ने अवसर पाए । बेलुकाको भेन्यू एकै ठाउँ थियो । सबैले खाना खाई सकेपछी एकछिन गफ दिने योजना बनाए । आ-आफ्नो देशको प्रगति र बिकाशको कुरालाई बिषय बनाइयो । छलफल सुरु भएपछी

जापानका नाहो : ‘हाम्रो देशका जनतामा ठुलो परिवर्तन आएको छ ।’

अमेरिकाका हेरी :‘ कस्तो परिवर्तन हो त्यो ?’

जापानका नाहो : ‘हाम्रो देशका जनता भुँइबाट उफ्रिएर उडेको प्लेन छुन्छन् ।’

नेपालका जेपी : ‘साँच्चै प्लेन नै छुन्छन त ?’

जापानका नाहो : ‘हैन, अलि तल तल !’

 

अमेरिकाका हेरी : ‘हाम्रो देशमा त जनता उफ्रिदा आकाश छुन्छन् ।’

जापानका नाहो : ‘यो सत्य हो त ?’

अमेरिकाका हेरी : ‘हैन, अलि तल तल !’

 

नेपालका जेपी : ( मनमनै डराउँदै, पत्याउँदैनन् कि ! ) ‘हाम्रो देशका जनताहरु त नाकबाटै खान खान सक्छन् ।’

अमेरिकाका हेरी : ‘ओहो ! नाकबाटै खान सक्छन् त ?’

नेपालका जेपी : ‘हैन, अलिकति तलबाट !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com