कानूनका डरले विवाह गर्न नपाएका ‘कबाल’ प्रेमी !

प्रकाशित मिति: ९ माघ २०७६, बिहीबार ०९:१९

बिद्यालयमा केटाकेटीहरु हल्ला गर्छन्, सल्लाह गर्छन् । कहिले केटाहरु डुक्रिन्छन् , कहिले केटीहरु उफ्रिन्छन् ! शिक्षक बिजुली प्रसाद निकै कडा भएकाले बेलाबेला बिद्यार्थीहरु यसरी कारबाहीको भागिदार बन्ने गर्दथे…….

केटाहरु : ‘ठुलो स्वरमा कुराकानीमात्र गरिरहेका हुन्छन् ।’

शिक्षक : ‘ए केटा हो, यो तिमीहरुको हल्ला गर्ने ठाँउ हो ? चुप लागेर क्लासमा बस !’

केटीहरु : ‘रुपी कराए झैं हल्ला गर्दै हुन्छन् ।’

शिक्षक : ( छेउमै गएर सानो स्वरमा ) ‘के सल्लाह हुँदैछ मैयाँ हरुको ? म पनि सुनौं न खुस्रुक्क !’
———————————————————————————————————-

एकजना भारतीयको कपाल झरेर तक्लु भएका रहेछन् । तै पनि उनको शीरमा दुइवटा कपाल बाँकी रहेको देखेपछि एक नेपालीले सोधे……

नेपाली : ‘जी, आप तक्लू होने लगें है, तब भी दो बाल बची है, ये कैसे ?’

भारतीय : ‘जो प्यार नही कर्ता था ओ मरगया, ये दोनो आपसमे बहुत प्यार कर्ता है, इसिलिए सादी करनेका इराधा से जिन्दा है !’

नेपाली : ‘तब, सादी क्युं नही हुई ?’

भारतीय : ‘क्युं कि बाल विवाह सख्त मना है !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com