सामान्य झगडामा लाश लुकाउने कुरा !-आजका चुट्किलाहरु

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहीबार ०९:०४

रोहन साह्रै निरास भएर बसेको देखेपछी….

सिजन : ‘तिमी यति निरास किन भयौ यार ?’

रोहन : मैंले एउटीलाई धेरै मन पराउँथे । उसलाई म बिगत दुई बर्षदेखि दैनिक एउटा प्रेमपत्र लेखिरहेको छु ।

सिजन : ‘अब त विवाहको लागि तयार भइँन् होला नि ?’

रोहन : ‘हो यार,  तर हुलाकी सँग !’

—————————————————
सासु : ‘बुहारी, किन निरास छ्यौ, सन्च भएन कि कसो  ?’

बुहारी : (अलि डराउँदै)  ‘हैन सासुमा, राती उहाँसँग मेरो झगडा भयो ।’

सासु : ‘पति पत्नीमा  सामान्य झगडा भैहाल्छ नि, तनाव नलेउ ।’

बुहारी : ‘त्यो त ठिक छ सासुमा, तर लास कहाँ लुकाउँ  !

————————————————————
हाकिम : ‘तपाईँ कहाँ जानु भएको थियो ?’

कर्मचारी : कपाल काट्न गएको थिएँ सर ।

हाकिम : ‘कार्यालय समयमा कपाल काट्न जाने हो त ?’

कर्मचारी : कपाल कार्यालय समय मै बढेको हो सर !

हाकिम : ‘सबै कपाल यहिं बढेको हो र ?’

कर्मचारी : ‘मैंले पनि कहाँ टक्लु बनाएको छु र, जति बढ्यो त्यति त काटेको हो नि  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com