चिनियाँ भाषा सजिलै पढ्न सक्ने बच्चा !

प्रकाशित मिति: ३ फाल्गुन २०७६, शनिबार ०७:४६

रोहन : ‘किरण, तँ त मेरो अभिन्न मित्र होस्, तँलाई छोड्नै सक्दिन ।

किरण : धेरै आशक्ति नगर यार ! अर्को जुनीमा म गधा भएँ भने तँ पनि गधा बन्छस् त ?’

रोहन : गधा त बन्दिन तर गधालाई घाँस अवश्य खुवाउँछु !
————————————————————————-

सासु : ‘ज्वाईंसाब, तपाईं अर्को जुनीमा के बन्न चाहनु हुन्छ ?’

ज्वाईं : ‘म साँङ्ग्लो बन्न चाहन्छु !’

सासु : ‘किन ?’

ज्वाईं : हजुरकी छोरी केवल साँङ्ग्ला सँगमात्र डराउँछिन् !
——————————————————–

एउटा बच्चाले अर्को बच्चालाई प्रश्न गर्छ – तँ चिनियाँ भाषा पढ्न सक्छस् ?’

अर्को बच्चाले सजिलै जवाफ दिन्छ – सक्छु, तर नेपालीमा लेखेको हुनुपर्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com