मापसेले ट्राफिकलाई यसरी झुक्याए ! – आजका ठट्यौलीहरु

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार २१:५१

बिजुलि प्रसादले झिम्की संग विवाह गरे । संगै सुतेका बिजुलि बिहान उठेर सुतिरहेकी झिम्कीलाई दैनिक पानी खन्याउँन थाले । अत्ति भएपछी…

झिम्कीले जंगिदै सोधिन् – ‘मलाई किन सधैं पानी खन्याउँनु हुन्छ ?’

बिजुलिले सुमुधुर जवाफ दिए – ‘डोली चढाउँदै तिम्रा बाबाले भनेका थिए – ‘मेरी फूल जस्ती छोरीलाई कहिल्यै ओइलिन नदिनुस् है !’

———————————————————————————————————

कोरोना प्रकोपका कारण मापसे जाँच नहुने ठानेर केहि युवाहरुले मस्तीसंग दारु धोक्र्याएछन् । रात परिसकेपछी बाहिर निस्किन खोज्दा गेटमै आएर ट्राफिक बसेको देखेपछी, उनीहरु मध्ये एक खाइभुँडे खुरुखुरु तल ओर्लिएर खल्तीबाट चाबी निकाल्छ । पार्किङ्गमा रहेका कारहरु एक एक गर्दै खोल्ने प्रयत्न गर्दछ ।

पटक पटकको प्रयत्नमा बल्ल आफ्नो कार फेला पारेर खोल्छन् । उनि लडखडाउँदै गाडीमा पस्छन् र बल्ल तल्ल स्टार्ट गरेर गाडी

नचाउँदै अघि बढ्छन् ।

उपस्थित भएका सबै ट्राफिकहरुले उनलाई खेद्दै गएर समात्छन् । बाहिर निकालेर जाँच मेसिनमा फुक्न लगाउँदा मापसे गरेको नदेखिएपछी….

बुज्रुकले ट्राफिक प्रहरीलाई भन्छन् – ‘म कहिल्यै मापसे नै गर्दिन !’

ट्राफिकले सोधे- ‘तपाईं यसरी लडखडाउँदै किन भाग्नु भएको त ?’

बुज्रुकले जवाफ दिँदै भने – ‘ यो त कला हो सर ! म भागेको होइन, मेरा दर्जनौ ग्राहकहरुलाई सजिलै घर पुग्न बाटो खुलाएको मात्र हो !’

                                                फोटो साभार : ( सामाजिक संजाल )

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com