मज्जाले हास्नुस्, कोरोनाबाट बच्नुस् : आजका चुट्किलाहरु

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार १०:४५

घरायसी झगडापछी पत्नीको वार्तालाब हुँदैगर्दा…

पति : तिमी यसरी झगडा गर्छ्यौ भने माइत जाउ ।

पत्नी : म माइत तब मात्र जान्छु, जब तपाईं पुर्याउन जानु हुन्छ !

पति : मलाई स्वीकार्य छ । तर, तिमीले बाचा गर्नुपर्छ, म लिन नआउन्जेल आउँदिन भनेर !
—————————————————————–

डल्ले : ( भुन्टेसंग ) ‘यस पटकको रिजल्टमा म फेल हुन चहान्छु यार !’

भुन्टे : ‘तँ किन फेल हुन मन गर्छ हँ ?’

डल्ले : मेरा बुबाले भनेका छन् – फर्स्ट भए साइन्स, सेकेन्ड भए कमर्स,थर्ड भए आर्ट्स र फेल भए विहे गर्दिन्छू !

——————————————————————————————-

रोहन सडकमा हिँड्दै सिग्रेट पिउँदै थियो । अचानक आफ्ना शिक्षकलाई देख्नासाथ उसले जलिरहेको सिग्रेट सर्ट भित्र लुकाएपछी…

शिक्षक : ‘तिमी चुरोट पिउँदै थियौ ?’

रोहन : ‘हैन सर !’

शिक्षक : ‘अनि तिम्रो सर्ट भित्रबाट कसरी धुवाँ आउँदैछ त ?’

रोहन : ‘हजुरको प्रश्नले हृदय जलेर सर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com