यी हुन्, छोराहरुलाई अपार्टमेन्ट अंश दिने धनी बाबु !

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहीबार १२:०४

गोबर्धन बा अस्पतालको शैयामा अन्तिम स्वास लिंदै गरेको अस्थामा…

स्वास्थ्य परिचारिका : ‘बा, हजुरले आफ्ना सन्तानलाई केही भन्नु छ कि ?’

गोबर्धन बा : जेठा छोरालाई गुण कोलानीको ब्लक नम्बर -१ जिम्मा लगाउँन चाहन्छु । माइला छोरालाई पनि गुण कोलोनीको ब्लक नम्बर – २ दिन चाहन्छु । साथै पत्नी अप्सरालाई उनिसंग भएका नगद, तथा जिन्सी, हामी बसेको जमीन र संरचना सबै जिम्मा लगाएको छु । अँ, छोरी ज्वाँईलाई भनिदिनु – ‘भैंसेपाटी अपार्टमेन्टबाट हुने सबै आम्दानी तिमीहरुकै हो ।’

परिचारिका : ल हेर्हुस त, तपाईंहरु कति भाग्यमानी हुनुहुन्छ ! बुबाले यति धेरै सम्पती कमाएर तपाईंहरुलाई जिम्मा लगाउँनु भएकोछ । यसको सधै सम्मान र संरक्षण गर्नुस् है ।

अप्सरा : के को सम्पती ? कुन कोलनी र अपार्टमेन्ट ? ब्यबस्था मिलाउँने, घाँस काट्ने र गाई दुहुने मान्छे नै गएपछी हामी दुध पुर्याउँनेहरुको के काम र नानी !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com