हमजायगाको नाति तुम जायगाको फेसबुक पोष्टमा बेवकुफ कमेन्ट !
प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलवार ०९:०९
हम जाएगाको छोरा तुम जायगाकि पत्नीलाई कोरोना लाग्यो । तुम जाएगा बिरामी पत्नीका छेउमा निकै भावुक भएर बसेका थिए । यत्तिकैमा तुम जाएगाले पत्नीको हात समाउँदै भनेछन्–
तुम जाएगा- ‘तिमीलाई केही भइहाल्यो भने म त पागल हुन्छु ।’
पत्नी – ‘म मरिहाले“ भने तिमीले अर्को बिहे त गर्दैनौ नि ?’
तुम जाएगा – ‘पागलको के भरोसा हुन्छ र प्रिये, जे पनि गर्न सक्छु !’
………………..
फेकबुक पोष्टः लक डाउनको कारणले कसैलाई खानपिनकै समस्या छ भने संझनोस् । हामी केही चामल र आलुको ब्यवस्थापन गर्न सक्छौं ।
बेवकुफ कमेन्टः चामलचाहीं हैन, आलु भए बेलुका स्न्याक्स बनाउन हुन्थ्यो !