राहतमा चामल छोडेर आलु लिनुको रहस्य !-आजका कोरोना चुट्किलाहरु

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलवार ११:४३

बाबु : (फुच्चे छोरासँग) ‘भनेको मान है, नत्र म थप्पड लगाउँछु नि !’

छोरा : अब त म तपाइंको थप्पडवाट डराउँदिन क्येरे !

बाबु : ‘नडराउनु पर्ने के कारण छ, भन त ?’

छोरा : ‘दिनमा १० पटक धोएर तपाईंका थप्पड नै पातला भैसके !’
—————————————————————-

रोहन : ‘ओजन, होम क्वारेन्टाइनमा बस्दा तैले बाबु-आमावाट के सिकीस् ?’

ओजन : ‘मैले ? बाबु-आमावाट गफ कसरी गर्ने भन्ने कुरा सिकें । अनि तैंले नि ?’

रोहन : ‘ए, जाबो गफ मात्रै ? मैले त बुढेशकालमा लभ कसरी गर्ने भन्ने कुरा सिकें !’

—————————————————————

विश्म्भर : ‘ए भाई, होम क्वारेन्टाइन मा रहँदा केही समस्या त छैन ?’

पिताम्बर : ‘किन नहुनु दाजु ! खानकै समस्या छ नि !’

विश्म्वर : ‘म संग आलु र चामल अलिकति छ, तिमीलाई के दिउँ ?’

पिताम्वर : सोमरस पिउँनु पर्ने, सितन छैन । आलु नै पठाइदिनु न !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com