आजको ठट्यौली : तपाईंको मन हँसाउने रमाइला चुट्किलाहरु

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार १२:५५

रोहनले आफु फेल भएको स्कुलको रिपोर्टकार्डमा सही गर्न बाबुलाई दिएपछी…

बाबु : ( कराइको कालोले ल्याप्चे लगाउँदै ) ‘ल, लगेर स्कुललमा बुझाउ ।’

रोहन : ‘बाबा हजुर त धेरै पढेको इन्जिनियर, अनि किन अौँठा छाप ?’
बाबु : मुर्ख ! तेरो टिचरले म इन्जिनियर हुँ भन्ने कुरा थाहा नपाओस भनेर !
==============================================
रोहन विवाह गर्न लागी केटी माग्न गएपछी…

केटीका बुबा : ‘विहे गर्ने भन्छौ, तर कति कमाउछौ ?’

रोहन : ‘हिजो अस्ति त दैनिक एक करोड सम्म कमाउथेँ, तर ऐले…!’

केटीका बाबु : ‘ऐले के भयो त ?’

रोहन : ‘मोबाइलमा भएको तिनपत्ती खेलको एप् नै गायब भयो !’

 ===============================================
कान्छा बाजे : ( स्कुलबाट आउदै गरेको भुन्टेसँग ) ‘बाबु, तिमी कुन स्कुल जान्छौ ?’

भुन्टे : म स्कुल गएकै होइन  !

कान्छा बाजे : ‘अनि झोला बोकेर आउदैछौ त ?’

भुन्टे : ‘म गएको हो र, जबर्जस्ती पठाएको पो हो त !’

==================================

काका : ‘भतिज आजभोलि के काम गर्छौ ?’

भतिज : ‘म नारी सेवाका क्षेत्रमा काम गर्छु, अंकल !’

काका : ‘ए, सामाजिक अभियन्ता हौ ?’

भतिज : ‘हैन अंकल, फेसबुकमा केटीका फोटाहरु खोजिखोजी लाइक गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com