पिट्किला :  नर्सको परफ्युमले बिरामी लठ्ठ, क्यासियरको कुराले ग्राहक सेण्टि फ़्ल्याण्ट !

प्रकाशित मिति: २६ बैशाख २०७७, शुक्रबार ०९:३८

माईला बा विरामी परेर अस्पताल पुगेपछी…

नर्स : ‘बा तपाइंलाई के हुन्छ ?

माईला बा : ‘एकदम छाती दुख्छ नानी ।’

नर्स : ‘लामो स्वास फेर्नोस त ।  स्यावास ! । ऐले कस्तो महसुस भएको छ ?’

माईला बा : ‘आहा ! कुन पर्फिम लगाएकी छ्यौ ? मगमग बसाएको छ  !’
———-

न्यायाधिश : ‘तिमीले चोरी गरेको हो ?’

सिजन : ‘हो हजुर !’

न्यायाधिश : ‘भन त, घरमा मान्छे हुँदाहुदै कसरी चोरी गर्यौ ?’

सिजन : ‘भयो नसिक्नुस श्रीमान् । हजुरजस्तो मान्छेले यो पेशा सिकेर के गर्नुहुन्छ ? !’
————-

रोहन जीवनमै पहिलो पटक चेक लिएर पैसा झिक्न बैंक गएपछी…

क्यासियर : (चेक फिर्ता गर्दै) ‘पैसा छैन !’

रोहन : (रिसाउदै) ‘यत्रो बैंकले पैसा छैन भन्न मिल्छ ? भ्रष्टहरु !’

क्यासियर : (रोहनको कठालो समाउदै ) ‘गाली गर्छस बेवकुफ ! तेरो खातामा पैसा छैन भनेको

!’————–

उज्वल पत्नीसंग झगडा गरेर सडकमा हिंड्दै गर्दा अचानक कतैबाट एउटा आवाज आउँछ – ‘ए, पख्नुस, पख्नुस !’

उनि झसंग हुँदै रोकिन्छन् । त्यतिखेरै एउटा ट्रक तिब्रगतिमा अगाडी बढ्छ । उज्वल दुर्घटनाबाट जोगिन्छन् ।  त्यो अदृश्य आवाजप्रति धन्यवाद दिन्छन् । अर्को दिन त्यसरी नै हिंड्दै गर्दा आवाज आउँछ – ‘ए पख्नुस, पख्नुस !’ उनि फेरी रोकिन्छन् । फेरी उनकै अगाडी पहिरो खस्छ र उनि दुर्घटनाबाट जोगिन्छन् ! फेरी पनि धन्यवाद दिंदै प्रश्न गर्छन् – ‘हे अदृश्य, तिमी यति शक्तिशाली रहेछौ तर मेरो विवाहको दिन किन आवाज दिएनौ ?’कतैबाट आवाज आउँछ – ‘मैले आवाज नदिएको होइन, तिमी डिजेको आवाजमा झुमेकोले मेरो आवाज नसुनेको मात्र हो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com