आजका रमाइला चुट्किलाहरु पढ्नुस् र हास्नुस् ।
प्रकाशित मिति: ११ जेष्ठ २०७७, आईतवार १२:५२
गाउँबाट हालसालै शहर झरेका अजय एउटा विवाहको भोजमा सहभागी भएपछी…
संजय : ‘खाना सुरु भयो, हिड्नुस् खान जाउँ।’
अजय : हलमा पस्छन् । (किस्तीमा राखेको ग्रीन सलाद देखेपछी फनक्क फर्किएर बाहिर निस्कन्छन् !)
संजय : ‘किन खाना नखाईकन बाहिर आउनु भएको ?’
अजय : ‘तरकारी काटेकोमात्र रहेछ, पकाएकै छैन !’
—————–
संसदीय चुनावमा गोबर्धन निर्वाचन केन्द्र पुगेपछी…
अधिकृत : ( मतपत्र दिंदै ) ‘ल लिनुस्, स्वस्तिक लगाएर बाकसमा खासाउनुस् ।’
गोबर्धन : ‘स्वस्तिक छाप समाएर चुपचाप उभिई रहन्छन् !’
अधिकृत : ‘छिट्टो छाप लगाएर निस्किनुस् , किन अलमल ?’
गोबर्धन : ‘पख्नुस न, राति कसले ठर्रा खुवायो भनेर सम्झिदैछु !’
—————
एकजना लोभी र उसकी श्रीमती बाटोमा हिडीरहेको बेला…
श्रीमती : ‘तिर्खा लागेर मर्न लागेँ ! कम्तिमा पानी त किन्नुस् ।’
पति : ‘पानीका साथमा आलुचिप्स पनि त्याउँ कि ?’
श्रीमती : ‘आहा, मुखै रसायो ! ल न छिट्टो ल्याउनुस् ।’
पति : ‘स्यावास् ! त्यही रस घुट्क्याएर तिर्सना मेटाउ न त !’