तपाईंको मन हँसाउने आजका चुट्किलाहरु

प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलवार ०८:५५

बाटोमा भेट भएर प्रेममा परेका युवा, युवतीबीच कुराकानी हुँदैगर्दा…

युवती : ‘तिमी के काम गर्छौ ?’

युवक : ‘म त पैसा जम्मा गर्ने काम गर्छु !’

केटी : ‘आहा ! हामी उस्तै रहेछौँ ।’

युवक : ‘ए, तिमी पनि भिखारी नै हौ ? !’
———-

अक्कल : ‘साहुजी, मलाइ एउटा म्यागी चाउचाउ दिनुस् न !’

पसले : भाइ, दुइ मिनेट पर्ख है ।

अक्कल : ‘पकाउनु पर्दैन क्या, प्याकेट नै दिनुस् भनेको !’
———-

रोहन र सोहन बारमा बसेर रक्सी खाँदै गर्दा…

रोहन : ‘प्रत्येक पेग पिएपछी एक पटक खल्तीबाट एउटा तस्विर निकालेर हेर्छन् ।’

सोहन : “तिमी छिनछिनमा कसको र किन यो तस्विर हेर्दैछौ ?’

रोहन : ‘मेरै बुढीको तस्विर हो ! डोज पुग्यो कि पुगेन भनेर जाँचेको !’

सोहन : ‘अनि, फोटो हेरेर कसरी थाहा हुन्छ त ?’

रोहन : ‘बुढीको अनुहार जति राम्रो लाग्दैजान्छ उति रक्सीको मात लाग्यो, भन्ने ठान्दछु  !’

———-

अजम्वरकी पत्नीले एउटा हातमा बास्केट बोकेकी थिइन । अर्को हात पतिले समाएर भाटभटेनी सपिङ महलमा घुमिरहेको देखेपछी…

धनन्जय : बा, ‘सपिङ महलमा समेत हात छोड्नु भएको छैन । यो उमेरमा पनि पनि यस्तो प्रेम ?’

अजम्बर : ‘कहाँ प्रेम हनु, सामान धेरै नकिनुन् भनेर समाएको पो त !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com