तपाईंको मन हँसाउने आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: १० असार २०७७, बुधबार ०९:४७

ठट्टा गर्ने बानी भएको दिप्शन र अप्सरा मीसबीच कुरा हँदैगर्दा…

दिप्शन : ‘मीस, तपाइँलाई म कस्तो लाग्छु, भन्नु त ?’

मीस : ‘रमाइला पनि छौ, मलाई मन पर्छ !’

दिप्शन : ‘त्यसोभए  कुरा टुङ्गाउँन आमालाई कहिले पठाउँ ? !’

मीस : ( अलि रिसाउँदै ) ‘तिमीले के भन्न खोजेको हँ ?’

दिप्शन : ‘ट्युसन पढ्ने कुरा मिस् !’

_______________
रामु र श्यामु बाटोमा हिँड्दै गर्दा…

रामु : (फोन रिसिभ गर्दै ) ‘हजुर डार्लीङ ! म एकछिन पछी कल गर्छु ल ।’

श्यामु :  ‘कोसँग कुरा गरेको यार ?’

रामु : ‘बुढी सँग ।’

श्यामु : ‘अनि निकै प्रेमले डार्लिङ भन्छस् त !’

रामु : ‘मेरी होईन, तेरी !’
_____________________

अनुपम : ‘मलाई ५ हजार रुपियाँ सापटी दिनुस् ल ।’

सुकाम : ‘हुन्छ तर कहिले फिर्ता गर्नु हुन्छ ?’

अनुपम : ‘ए ! म सात दिन भित्र फिर्ता गरिहाल्छु नि ।’

सुकाम : ( आठौँदिन ) ‘सातदिनलाई भनेको थियौ, खै त ?’

अनुपम : ‘क्वारेन्टाइनमा राख्ने समय १४ दिन बाहेक सात भनेको क्या !’
________________________

सडकमा उभिएको युवकले विपरितबाट आउँदै गरेकी सुन्दर युवतीलाई देखेपछी…

युवक : ‘चुट्किलाहरुह ! रातमा उदाउने चन्द्रमा  दिनमा कसरी उदाएको होला !’

युवती : ( अलि रिसाउँदै ) ‘है..! रातमा कराउने उल्लु दिउँसो कसरी कराएको होला  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com