तपाईँको मन हँसाउने रमाइला चुट्किलाहरु
प्रकाशित मिति: १६ असार २०७७, मंगलवार ०८:४७
विवेक : आफ्नी गर्लफ्रेण्डका बाबुसँग बिबाहको कुरा राख्न गएपछी…
विवेक : बुबा, म हजुरकी छोरीसँग विवाह गर्न चाहन्छु !’
केटीका बाबु : ‘मेरी छोरी एउटा मुर्खसँग लामो समय रहन सक्दिनन् ! कुरा बुझिस् ?’
विवेक : ‘बुझेँ हजुर, त्यसैले त म तपाईँको साथबाट उनलाई चाँडै निकाल्न चाहन्छु !’
_____________
रोहनको मुद्दा अदालतबाट फैसला भएपछी…
प्रहरी : ‘तपाईँलाई फाँसी हुने भयो, भन्नुस् अन्तिम इच्छा के छ ?’
रोहन : ‘अन्तिम इच्छा पुरा हुन्छ त हजुर ?’
प्रहरी : ‘म प्रयत्न गर्ने छु ।’
रोहन : ‘मेरो अन्तिम इच्छा त यो फाँसीमा तपाईँ आफैँ लड्किनुस् !’
_________________
विभुषण : ‘पुजनजी भन्नुस त, कुन चिजमा लगानी गर्दा नाफा धेरै कमाउन सकिन्छ ?’
पुजन : ‘जाडोको बेला आइसक्रिम किनेर गोदाम भर्नुस्, गर्मीमा बिक्री गर्नुस्, ब्यापार मालामाल, नाफा फालाफाल !’
___________________
एकजना लोभी कर्मचारीले छुट्टी मागेपछी…
कर्मचारी : ‘साहुजी, भोलि मैंले श्रीमतीलाई लिएर घुम्न जानु पर्ने भयो, विदा पाउँछु की ?’
साहु : ‘अहँ, विदा त हुँदैहुँदैन !’
कर्मचारी : ‘धन्यवाद साहुजी, यो संकटबाट तपाईँले बँचाउनु हुन्छ भन्ने पुरै विश्वास्य थियो !’