सिधा प्रश्न छड्के उत्तर ! – आजका रमाइला ठट्यौलीहरु
प्रकाशित मिति: २७ असार २०७७, शनिबार ११:३३
चम्पा हिलोमा चिप्लिएर लडेपछी…
अंकीता : ‘हा हा हा ! किन तनाव लिएकी ? उठ् न यार ।’
चम्पा : ‘म लडेको देख्दा तँलाई हास्नु पर्छ त ?’
अंकीता : ‘हासेकी हइन, तेरो पिडा कम बनाउने कोसिस पो गरेकी हुँ ।’
चम्पा : ‘तैंले हासेर उडाउँदा मेरो पिडा कम हुन्छ ?’
अंकीता : ‘अवश्य हुन्छ । मैंले हासेपछी तँ मलाइ गाली गर्न थाल्नेछेस्, लडेको पिडा भुल्नेछेस् !’
@@@@@@@@
निकीता : ( अंकितासँग ) ‘म त विवेकसँग विहे नगर्ने भएँ यार !’
अंकीता : ‘किन, उसलाई अरु कसैसँग देखिस् र ?
निकीत : ‘कहाँ उसलाई देख्नु, उसले चाही मलाई मेरो एक्ससँग क्या !’
@@@@@@@@
शिक्षक : ‘रोहन, तिमी ठुलो भएपछी के गर्छौ ?’
रोहन : ‘विहे गर्छु सर !’
शिक्षक : ‘हैन क्या, मेरो मतलव तिमी के बन्छौ ?’
रोहन : ‘ए… बेहुलो बन्छु, सर !’
शिक्षक : ‘कुरै बुझेनौ ! ठुलो भएर के हासिल गर्छौ ?’
रोहन : ‘बेहुली !’
शिक्षक : ‘हैट ! कस्तो नबुझेको ? तिमी ठुलो भएपछी बाबु-आमालाई के दिन्छौ ?’
रोहन : ‘बुहारी, सर !’
शिक्षक : ‘बद्मास् ! मेरो आशय, तिमी ठुलो भएपछी तिम्रा बा अामाले के चाहन्छन ?’
रोहन : ‘नाती !’
शिक्षक : ‘बेबकुफ ! जीवनको अन्तिम मक्सद के हो ?’
रोहन : ‘दुई बुढा-बुढी, दुई छोरा-छोरी !’