प्रेमीको नाम रि-चार्च कार्ड नं – ५ ! – आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: ७ भाद्र २०७७, आईतवार ०८:४६

अंकुर : ‘ममी, म स्कुल जादिंन !’

आमा : ‘किन, पढ्न मन लागेन र ?’

अंकुर : ‘त्यस्तो त होइन ममी !’

आमा : ‘अनि किन स्कुल जाँदैनौ, कि पढ्नै आएन ?’

अंकुर : ‘सरलाई नै केहि आउँदै, जुनसुकै प्रश्नको उत्तर मलाई सोध्नुहुन्छ !’
—————————–
घुम्न गएको बेला प्रेमिकाले प्रेमीलाई मोबाइल र पर्स समात्न दिएर रेष्टरुममा पस्छिन् ।

यहि मौकामा प्रेमीले मोबाइलमा आफ्नो नम्वर के नामामा सेभ गरेको रहेछ भनेर आफ्नो नम्बरबाट डायल गरेछन् ।

प्रेमिकाले ‘रि-चार्जकार्ड नम्वर – ५’ लेखेको देखेपछी प्रेमी लल्याक लुलुक्क् भएछन् !

होस गर्नुस्, यस्तो प्रेम कहिल्यै नगर्नुस् !
——————————————
उदन र सुदन खान खान बसेका थिए । यतिखेरै एउटा मुसाले सुदनको खाना टेकेर गएपछी…

सुदन : ‘म त यो खाना खान्न यार, मुसाले टेकेर गयो !’

उदन : ‘खा खा, के फरक पर्छ र ? आखिर मुसाले चप्पल लगाएको थिएन क्यारे !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com