खोलाकोबीचमा फलेका सुन्तला यसरी टिप्ने !-आजका रमाइला चुट्किलाहरु
प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार १५:०४
गुरु : (रामुसँग?) ‘ल भन त, नदीकोबीचमा उम्रिएको बोटबाट सुन्तला कसरी टप्न सकिन्छ ?’
रामु : ‘चरा बनेर टिप्न सकिन्छ सर !’
गुरु : ‘तिमीलाई चरा कस्ले बनाउछ ?’
रामु : ‘जसले नदीकोबीचमा सुन्तला रोप्यो उसैले !’
——————————
——————————
रिपु : अप्रेशनपछी डाक्टर र परिक्षा पछी विद्यार्थीले भन्ने एउटै वाक्य के हो ?’
रोहन : ‘सकेसम्म राम्रो गरेको छु, बाँकी भगवान भरोशा !’
——————————
——————————
आमाले छोरीलाई गाली गरिरहेको बेला…
आमा : ‘छोरी तिमी धेरै अल्छी भयौ ! केहि काम गर्दिनौ भने तिम्रो भिखारीसँग गरिदिन्छु नि !’
छोरी : ( रिसाउँदै ) ‘ल हेरौं त कतिको सक्नुहुँदो रहेछ !’
भिखारी : ( ढोकामा उभिएर भित्रका कुरा सुन्दै ) ‘आमा म पर्खिउँ कि जाउँ त ?’