आजका चुट्किलाहरु : सपना पूरा गर्ने तरिका, हाँसीकाे सजाय र अल्छीका उपाय !

प्रकाशित मिति: १३ भाद्र २०७७, शनिबार ०८:२९

रोशन : ‘म सपना देख्दा देख्दै ब्युँझिएँ । सपना अधुरो भयो, पुरा गर्न के गर्नु यार ?’

कुशल : ‘चिन्ता नगर, एकदम सजिलो छ ।’

रोशन : ‘भन न त के गर्नुपर्छ ?’

कुशल : ‘फेरी सुत्नु पर्छ !’
😂
न्यायाधिश : ‘तिमिले गरेको अपराधको सजाय तोकियो । भोलि तिमीले फाँसीमा चढ्नुपर्छ !’

उज्वल : ‘त्यो त ठिक छ ! अलि छिट्टै अोराल्दिनुस् है, उज्यालो छँदै घर पुग्न सकुँ  !’
😁
शिक्षकले फुटबल म्याच भइरहेको सबन्धमा एउटा निबन्ध लेख्न भने । सबै विद्यार्थीहरु धमाधम लेख्न थालि सकेका थिए । तर, रोहन भने कापी फिँजाएर चुपचाप बसेको थियो ।

नजिकमा गएर शिक्षकले हेर्दा एक लाईनमा लेखेको रहेछ –

‘पानी परेको कारण आजको म्याच स्थगित भएको छ !’

‘अल्छीको जति भैंसीले जान्दैन ! हा हा हा हा’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com