आजका रमाईला चुट्किलाहरु :आमालाई नमान्दा, पेन्सन जोगाउने तरिका !

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार ०९:३२

रोहनले कुनै अपराध गरेको कसुरका कारण कानूनी कठघरामा पुगेपछी …

रोहन : ‘आमाले भनेका कुरा मैले सुनिदिएको भए सायद यस्तो समस्या झेल्नु पर्दैनथ्यो होला !’

न्यायधिश : ‘आमाले के भन्नु भएको थियो त ?’

रोहन : ‘मैंले सुनेको भए न थाहा हुन्छ !’
——————————————-

सेवनिवृत्त भएका भुपाल बा डाक्टरको मा चेकअप गर्न गएपछी…

भुपाल : ‘डा. सा’व, एकदमै जिउ दुख्छ, हात गोडा करकर खान्छ । के गरौँ ?’

डाक्टर : ‘यो बुढ्यौलीका कारण भएको हो । मैंले भने अनुसार गर्नुस्, तपाईँलाई जवान बनाई दिन्छु !’

भुपाल : (  जुरुक्क उठदै ) ‘उसो भए उपचार गर्दिन हजुर !’

डाक्टर : ‘ किन ?’

भुपाल : ‘पेन्सन जोगाउन !’
—————————————–

एकदिन अफिसबाटै उज्ज्वलले खुशी हुँदै आफ्नी श्रीमतीलाई फोन गरेपछी…

उज्ज्वल : ( टेलिफोन गर्दै ) ‘तिमी सार्है राम्री छ्यौ यार !’

श्रीमति : ‘हजुरलाई धन्यवाद !’

उज्ज्वल : ‘तिमी साँच्चै नै शुशील छ्यौ !’

श्रमति :  ‘धेरै धन्यवाद । भन्नु त ऐले के गर्दै हुनुहुन्छ ?’

उज्ज्वल : ‘काम छैन, तिमीसँग जिस्किँदै छु  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com