भोली गर्ने आज गर, आज गर्ने गरिहाल ! joke of the day
प्रकाशित मिति: १३ कार्तिक २०७७, बिहीबार १०:२०
एकदमै लोभी एलिना एकदिन सामाना किन्न पसलमा गएपछी..
एलिना : ‘मलाई एउटा नुहाउने साबुन दिनुस् त साहुजी ।’
पसले : ‘कस्तो साबुन दिउँ ?’
एलिना :‘अलि कडा होस् तर,अनुहारमा लाली भरोरोस् !’
पसले : ( कामदारसँग ) ‘जनक, वहाँलाई एउटा इँटाको टुकुडा ल्याएर देउ त !’
@@@@@
शोम : ‘श्यामजी, मलाई पचास हजारको खाँचो छ । साँझ सम्ममा रकम जम्मा गर्न सकिंन भने मैंले बिष खाए हुन्छ ! तपाईँ मलाई केही सहयोग गर्न सक्नुहुन्छ ?’
श्याम : अवश्य सक्छु !
शोम : (खुशी हुँदै ) ‘भन्नु त के गर्न सक्नुहुन्छ ?’
श्याम : ‘मुल्य दिनुभयो भने बिष किन र ल्याइदिन्छु !’
@@@@@
उद्योग मालिकले कामदारलाई प्रेरणा जगाउने हिसाबले सूचना पाटीमा यस्तो भनाई लेखे – ‘भोलि गर्ने आज गर, आज गर्ने गरिहाल । समय बलवान हुन्छ, कसैलाई पर्खिदैन !’
एक हप्ता पछी मालिकले मेनेजरसँग सोधे – यसको असर देखियो त ?
जवाफमा मेनेजरले भने – देखियो मालिक, क्यासियर रकम लिएर दम्पट ठोके, सुपरभाईजर एउटी कामदार लिएर चम्पट ठोके, मजदुरले आफ्ना झोला बोकेर सुँइकुच्चा ठोके !